भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक
मंगलबार, ०१ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त भएका छन्।
भारतीय प्रशिक्षकलाई नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिनाबाट घरेलु मैदानमा सुरु हुने आइसीसी टी–२० ग्लोबल छनोटका लागि नियुक्त गरेक हो।
पाठकले यसअघि नै थाइल्यान्डको टोली सम्हालिसकेका छन्। छनोटमा नेपाल र थाइल्यान्डसँगै समूह ‘बी’मा नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबे छन्।
अर्को समूहमा भने बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्।
हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।
शीर्ष ६ बाट चार टोलीले इङ्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन्।













-1765820073676.webp&w=3840&q=75)