सन्दीपको विराटनगर बलियो अवस्थामा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्स बलियो अवस्थामा आईपुगेको छ ।
शुक्रबार कर्णालीविरुद्ध रोमाञ्चक ३ विकेटको जित दर्ता गर्दै विराटनगरले तालिकाको शीर्ष दुई भित्र आफुलाई उभ्याएको हो ।
विराटनगर ५ खेलबाट ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ र शीर्ष स्थानको कर्णालीसँग अंक बराबरी गरेको छ ।
विराटनगरको जितमा नायक रहे, बसिर अहमद । उनले नटआउट ६२ रन बनाए । उनकै नायकत्वमा विराटनगरले १ सय ६१ रनको लक्ष्य एक बल अगावै पुरा गर्यो । नारायण जोशीले २५, साहिल पटेलले १९ र साम हेजलेटले १६ रन बनाए ।
कर्णालीका सोमपाल कामी र गुलसन झाले दुई दुई विकेट लिए । पवन सरार्फ, नन्दन यादव, विलियम बोसिस्टोले समान एक एक विकेट चट्काए ।
सुरुवाती ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । जसमा प्रियांक पञ्चलले सर्वाधिक ६३ रन बनाएका थिए । विलियम बोसिस्टोले नटआउट ४८ रन बनाएका थिए । गुलसन झा २० रनमा आउट भएका थिए ।
विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डी ल्याङले समान एक एक विकेट लिएका थिए ।
शुक्रबार दिनको पहिलो खेलमा काठमाडौं गुर्खाजले चितवन राईनोजको सिकार गर्यो । सुरुवाती ब्याटिङ गरेको काठमाडौंलाई चितवनले १ सय ४२ रनमा अलआउट गर्यो । सोहिल तनविरले ४ विकेट लिएपछि काठमाडौं मध्यम स्कोरमै समेटिएको थियो । काठमाडौंका जोन सिम्पसनले ६० र मिलिन्द कुमारले ३८ रन बनाएका थिए ।
त्यसपछि ब्याटिङमा उत्रिएको चितवन ८९ रनमा अलआउट भयो । रवि बोपाराको २१ रन ब्यक्तिगततर्फ टिमको सर्वाधिक स्कोर रह्यो ।
काठमाडौंमा रसिद खानले ३ तथा करन केसी, साहब आलम र मिलिन्द कुमारले समान एक एक विकेट लिएका थिए ।







-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)


-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)