पोर्चुगलले जित्यो यू–१७ विश्वकप
-1764294451367.webp&w=3840&q=75)
काठमाडौं। पोर्चुगलले बिहीबार फिफा यू–१७ विश्वकप उपाधि जितेको छ। ४८ राष्ट्र सहभागी रहेको प्रतियोगिताको फाइनलमा अष्ट्रियालाई १–० ले हराउँदै पोर्चुगलले उपाधि आफ्नो पोल्टामा पारेको हो।
फाइनलको निर्णायक गोल ३२औं मिनेटमा बेनफिका फरवार्ड एनेसियो काब्रालले गरे। उनी निकै थोरै अन्तरमा अनसाइड रहँदै गोलमाउथ पार गरिएको पास प्राप्त गर्न सफल भए र खाली पोस्टमा सहजै बल छिराए।
काब्रालले यस प्रतियोगितामा सात गोल गरेका छन्। जुन अष्ट्रियाका गोल्डेन बल विजेता जोहान्स मोसरभन्दा एक गोल कम हो।
यो पोर्चुगलको यू–१७ स्तरको पहिलो विश्वकप उपाधि हो। फिफाले यो प्रतियोगिता २०औं संस्करणदेखि विस्तार गरी दुई वर्षमा एक पटक होइन, अब हरेक वर्ष आयोजना गर्न थालेको हो।
यो संस्करण कतारले आयोजना गरेको थियो। आगामी चार वर्षका संस्करणहरू पनि कतारमै हुनेछन्। यसअघि दोहामा तेस्रो स्थानको खेलमा इटलीले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो।
खेल गोलरहित बराबरीमा टुंगिएपछि इटालीका गोलरक्षक आलेसान्द्रो लोंगोनीले दुई पेनाल्टी बचाउँदै टोलीलाई जित दिलाए।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)

-1764236044054.jpeg&w=3840&q=75)


%20(1)-1764163746521.jpeg&w=3840&q=75)