कुशलको डेब्यु
बिहिबार, २३ आश्विन २०८२Admin User

काठमाडौं। नेपाली युवा मिडफिल्डर कुशल देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्।
भियतनामको होचि मिन्हस्थित गो डाउ स्टेडियम बिहीबार राति सम्पन्न समूह ‘एफ’को खेलमा घरेलु टोलीसँग नेपाल ३–१ ले पराजित भएको थियो। उक्त खेलको ८५औं मिनेटमा विंगर आयुष घलानको स्थानमा उनी मैदान प्रवेश गरेका हुन्।
गत वर्ष घरेलु भूमिमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा कुशल नेपाली टोलीका कप्तान थिए। फाइनलमा बंगलादेशसँग ४–१ ले पराजित भएको थियो । त्यसलगत्तै चाइनिज ताइपेइमा सम्पन्न एएफसी यु–२० छनोटमा पनि कुशलले नै टोलीको नेतृत्व गरेका थिए ।
सन् २०२३ मा नसाफ यु–१९ च्याम्पियनसिप पनि कुशल टोलीमा थिए। उनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलिसकेका छन्।
कुशलले गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लबबाट खेलेका थिए।













