बुधबार, असोज ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. निर्णायक एकिटिके

निर्णायक एकिटिके

२०२५ सेप्टेम्बर २४, बुधबार

निर्णायक  एकिटिके

काठमाडौं। ह्युगो एकिटिकेले लिभरपुललाई इङ्लिस लिग कपको तेस्रो चरणमा पुर्‍याउन निर्णायक गोल गरे पनि उनको खुसी लामो समय टिकेन।

मंगलबार साउथह्याम्पटनविरुद्ध ८५औं मिनेटमा विजयी गोल गरेपछि जर्सी खोलेर उत्सव मनाएका कारण उनलाई दोस्रो पहेंलो कार्ड दिइँदै रातो कार्ड देखाइयो। यससँगै शनिबार क्रिस्टल प्यालेसविरुद्ध हुने प्रिमियर लिग खेलमा उनले गुमाउने भएका छन्।

एकिटिकेले क्लोज–रेन्जबाट गरेको प्रहारले एन्फिल्डमा लिभरपुललाई २–१ को जित दिलायो। दोस्रो श्रेणीको क्लब साउथह्याम्पटनले खेललाई पेनाल्टी सुटआउटतर्फ धकेल्ने प्रयास गरिरहेको अवस्थामा उनले निर्णायक गोल गरेका थिए।

यो गोलसँगै यस सिजन लिभरपुलका लागि आठ खेलमा उनका पाँच गोल पुगेका छन्। एकिटिकेलाई यसै सिजन आइन्स्ट्राख्ट फ्रान्कफर्टबाट ९३.५ मिलियन डलरमा अनुबन्ध गरिएको हो।

लिभरपुलले खेलको अग्रता भने ब्रिटिस रेकर्ड साइनिङ एलेक्जेन्डर इसाकको गोलमार्फत पाएको थियो। १७० मिलियन डलरमा न्युक्यासलबाट अन्तिम दिनमै भित्र्याइएका स्विडिस फरवार्डले ४३औं मिनेटमा पहिलो गोल गरेका थिए। तर, च्याम्पियनसिप (दोस्रो डिभिजन) को १९औं स्थानमा रहेको साउथह्याम्पटनले ७६औं मिनेटमा सेया चार्ल्समार्फत बराबरी गोल फर्काएको थियो।

यो सिजनमा बारम्बार ढिलो गोल गर्दै आएको लिभरपुलले फेरि अन्तिम १० मिनेटभित्रै निर्णायक गोल निकालेर जित सुनिश्चित गर्‍यो। यो यस सिजन लिभरपुलको छैटौं ढिलो निर्णायक गोल हो।

लिभरपुलका प्रशिक्षक आर्ने स्लोटले एभर्टनविरुद्धको जितपछि पूरै ११ खेलाडी परिवर्तन गरेका थिए। ‘यो सबैभन्दा उत्कृष्ट प्रदर्शन थिएन, नयाँ टोली खेलेपछि त्यस्तो अपेक्षा पनि गर्न सकिन्छ,’ उनले भने।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

नहार्ने रियल

नहार्ने रियल

Bhat Bhateni
अमेरिका आइसीसीको निलम्बनमा

अमेरिका आइसीसीको निलम्बनमा

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

नहार्ने रियल

नहार्ने रियल

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?