महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !
-1758615634370.jpg&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्राथमिकता दिने घोषणा गरेको छ।
एन्फाले मंगलबार चैतसम्मको क्यालेन्डर सार्वजनिक गर्दै यस अवधिभित्र महिला टोलीले तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको हो।
तर, पुरुष राष्ट्रिय टोलीले भने कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नखेल्ने र एएफसीका आधिकारिक प्रतियोगितामा मात्रै सीमित हुने एन्फाले जनाएको छ।
एन्फाका अनुसार महिला टोलीले पहिलो मैत्रीपूर्ण खेल कार्तिक ९ गते भारतको सिक्किममा घरेलु टोली भारतसँग खेल्नेछ। त्यसपछि मंसिर ८ देखि १६ गतेसम्म इन्डोनेसियामा हुने त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा सहभागी हुनेछ।
उक्त प्रतियोगितामा नेपालले मंसिर १० गते इन्डोनेसियाविरुद्ध पहिलो खेल खेल्नेछ भने मंसिर १६ गते चाइनिज ताइपेइसँग दोस्रो खेल खेल्ने तालिका छ।
नेपाली पुरुष टोलीले अन्तिमपल्ट भदौ २१ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, भदौ २४ गते हुने तय भएको दोस्रो मैत्रीपूर्ण खेल भने जेनजी प्रदर्शनका कारण रद्द भएको थियो।