एन्फाले एनएसएललाई दिएन समय
२०२५ सेप्टेम्बर २३, मङ्गलबार

काठमाडौं। निजी व्यापारिक घरानाबाट सञ्चालन हुँदै आएको नेपाल सुपर लिग (एनएसएल) अनिश्चित भएको छ।
गत मेमा काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै एनएसएलको चौथो संस्करण आयोजना गर्न सेप्टेम्बरदेखि नोभेम्बरको समय दिएको थियो।
तर, मंगलबार मात्रै एन्फाले यस वर्षको अन्तिमसम्मको क्यालेन्डर सार्वजनिक गर्दा एनएसएलको नाम हराएको हो।
एन्फाले पहिलोपल्ट फ्रेन्चाइज महिला लिग गर्न फागुन ९ देखि १६ गतेसम्मको समय छुट्टाएको छ। तर, कोरोना महामारीदेखि निरन्तर हुँदै आएको एनएसएललाई भने कुनै समय दिइएको छैन।