नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने
२०२५ सेप्टेम्बर २३, मङ्गलबार

काठमाडौं। नेपाली महिला टोलीले इन्डोनिसिया र चाइनि ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपालले इन्डोनेसियामा उक्त सिरिज खेल्ने जानकारी दिएको हो। यो सिरिज नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म हुनेछ।
नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ। डिसेम्बर २ मा भने चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ।