साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली
२०२५ सेप्टेम्बर १९, शुक्रबार

काठमाडौं। साफ क्लब महिला च्याम्पियनसिप खेल्ने टोलीको टुंगो लागेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शुक्रबार काठमाडौंमा हुने प्रतियोगिता नेपालको एपीएफसहित ५ क्लबले खेल्ने पक्का गरेको हो।
साफको यस बहुप्रतीक्षित प्रतियोगिताको पहिलो संस्करण डिसेम्बर ५ देखि २० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने यसअघि नै तय भइसकेको छ।
प्रतियोगितामा एपीएफबाहेक बंगलादेशको नास्रिन स्पोर्ट्स एकेडेमी, भारतको इस्ट बंगल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड, र पाकिस्तानको कराँची सिटी एफसी सहभागी हुने साफले जनाएको छ।