बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. बेनफिका फर्किएलान् माउरिन्हो?

बेनफिका फर्किएलान् माउरिन्हो?

२०२५ सेप्टेम्बर १८, बिहिबार

बेनफिका फर्किएलान् माउरिन्हो?

काठमाडौं। टर्किस क्लब फेनेरबाचेबाट गत अगस्टमा बिदा भएका जोसे मोउरिन्हो अहिले कुनै पनि क्लबसँग आबद्ध छैनन्।

तर, यति बेला आफ्नो पुरानो क्लब बेनफिकामा उनी फर्कने सम्भावना रहेको भन्दै चर्चा सुरु भएको छ। ईएसपीएनका अनुसार बेनफिका व्यवस्थापनले मोउरिन्होसँग प्रारम्भिक सम्पर्क गरिसकेको छ। यसले गर्दा चाँडै नै पोर्चुगाली प्रशिक्षक पुनः प्रशिक्षकको भूमिकामा फर्कने सम्भावना देखिएको छ।

च्याम्पियन्स लिगमा मंगलबार कराबाखसँग ३–२ ले पराजित भएको बेनफिकाले दुई गोलको अग्रता गुमाएपछि मुख्य प्रशिक्षक ब्रुनो लाजेलाई बर्खास्त गरेको हो। नयाँ प्रशिक्षक खोज्ने क्रममा सबैभन्दा चर्चित नाम अहिले मोउरिन्होकोछ। मोउरिन्हो स्वयंले पनि बेनफिकाको जिम्मेवारी लिने चाहना व्यक्त गरेका छन्।

अझै सम्झौता टुंगिएको छैन तर दुवै पक्षबीच छलफल भइरहेको पुष्टि धेरै स्रोतहरूले गरेका छन्। सन् २००४ मा एफसी पोर्टो छाडेर इङ्लिस क्लब चेल्सीको प्रशिक्षक भएपछि उनी पोर्चुगल फर्केका छैनन्। तर, बेनफिकासँग उनको विशेष सम्बन्ध छ।

सन् २००० मा यही क्लबमार्फत १० खेलमा टचलाइन सम्हालेर उनको प्रशिक्षक जीवन सुरु भएको थियो। त्यसपछि नै मोउरिन्हो विश्व फुटबलका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक बन्ने यात्रामा अघि बढेका हुन्।

बेनफिकाले शनिबार प्रिमेरा लिगामा एभिएसविरुद्धको खेलअघि नै नयाँ प्रशिक्षक नियुक्त गर्ने लक्ष्य राखेको छ। त्यसैले निर्णय चाँडो गर्नुपर्ने दबाब पनि बढेको छ। तर, क्लबले मोउरिन्हो मात्र नभई म्यानचेस्टर युनाइटेडमा अस्थिर अवस्थामा रहेका रुबेन अमोरिमलाई समेत विकल्पमा राखेको छ।

सन् २००८ देखि २०१७ सम्म अमोरिम बेनफिकाकै खेलाडी रहिसकेका कारण केही समर्थक उनलाई फर्किनुपर्ने पक्षमा छन्।

यहीबीच क्लबका अध्यक्ष रुई कोष्टाले भने,‘बेनफिकाको प्रशिक्षक विजेताको मानसिकता भएको हुनुपर्छ। जसले यो क्लबलाई आवश्यक उचाइमा पुर्‍याउन सक्छ र हामीलाई उपाधिहरू दिलाउन सक्छ।’

यदि मोउरिन्हो नियुक्त भए भने उनको लागि धेरै भावनात्मक पुनर्मिलनहरू पर्खिरहेका हुनेछन्। ३० सेप्टेम्बरमा उनले आफ्नो पुरानो क्लब चेल्सीविरुद्ध स्ट्यामफोर्ड ब्रिजमा च्याम्पियन्स लिग खेल्नेछन्। ५ अक्टोबरमा पोर्टोविरुद्धको लिग खेलमा भिड्नेछन्, जुन क्लबमा उनी सफलतापूर्वक प्रशिक्षक भइसकेका थिए।

साथै, २०२६ जनवरी २८ मा बेनफिकाको तर्फबाट रियल मड्रिडविरुद्ध मैदानमा उत्रँदा पनि उनी आफ्नो अर्को पुरानो क्लबसँग भिड्नेछन्।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

Bhat Bhateni
एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा