नायक भान डाइक
२०२५ सेप्टेम्बर १८, बिहिबार

काठमाडौं। लिभरपुलले नाटकीय जितसहित च्याम्पियन्स लिग यात्रा सुरु गरेको छ। बुधबार एनफिल्डमा भएको खेलमा कप्तान भर्जिल भान डाइकले इन्जुरी समयमा हेडरमार्फत निर्णायक गोल गर्दै लिभरपुललाई एट्लेटिको मड्रिडमाथि ३–२ को जित दिलाए।
खेलको सुरुआतमै लिभरपुलले अग्रता लिएको थियो। चौथो मिनेटमा एन्डी रोबर्टसनले गोल गरे भने दुई मिनेटपछि मोहम्मद सालाहले व्यक्तिगत गोल थपे। तर, मार्कोस ल्योरेन्तेले एट्लेटिकोका लागि दुई गोल गर्दै खेललाई बराबरीमा ल्याए।
९२औं मिनेटमा डाइकको निर्णायक हेडरपछि लिभरपुलले जित पक्का गर्यो। नयाँ साइनिङ एलेक्जान्डर इसाकले पनि पहिलोपटक लिभरपुलको जर्सीमा खेले।
लिभरपुलका प्रशिक्षक आर्नी स्लटको टोलीले यसअघि पनि प्रिमियर लिगमा लगातार अन्तिम १० मिनेटमा निर्णायक गोल गर्दै जित निकाल्ने बानी देखाएको थियो।