एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित
२०२५ सेप्टेम्बर १५, सोमबार

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय भएको दुई महत्त्वपूर्ण बैठक स्थगित गरेको छ।
एन्फाले मंगलबार तय गरिएको एन्फा यु–१६ यूथ लिग र बुधबार हुने भनिएको सहीद स्मारक ‘ए’ डिभिजन लिगसम्बन्धी बैठक स्थगित गरेको हो।
एन्फाले क्लबहरूलाई पठाएको पत्रमा भनिएको छ,‘अर्को सूचना नभएसम्मका लागि दुवै बैठक स्थगित गरिएको छ।’
यससँगै फुटबल संघभित्र चर्चामा रहेका दुवै प्रतियोगिताको नयाँ मिति तोकिँदासम्म तयारी प्रक्रिया रोकिएको छ।