एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा साउदी अरबले इजिप्टलाई २–१ गोल अन्तरले पराजित गरेको छ । समुह चरणको अन्तिम खेलमा उत्कृष्ट पुनरागमन गर्दै साउदीले इजिप्टलाई पराजित गरेको हो ।
इजिप्टले खेलको २२ औ मिनेटमा अग्रता बनाएको थियो । इजिप्टकालागि मोहमद सालाहले गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा इजिप्टले बराबरी गोल फर्काएको थियो ।
उसकालागि अल फराजले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा अल दसवारीले साउदीकालागि विजयी गोल गरे ।
हारसंगै इजिप्ट अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरएको छ । प्रतियोगिताबाट यसअघिनै बाहिरिसकेको साउदीले ३ अंक जोडेको छ ।
अब के हुन्छ ?
समुह विजेता बनेको उरुग्वेले ३ खेलबाट ९ अंक जोड्यो । उपविजेता बनेको रुसले ६ अंक जोडेको छ । दुवै टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । उरुग्वेले अब समुह बीको उपविजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
रुसले समुह एको विजेतासंग अन्तिम १६ मा भिड्नेछ । प्रतियोगिताबाट बाहिरिएको साउदीले ३ अंक जोड्यो । इजिप्ट अंक विहिन हुदै रुसी विश्वकपबाट बिदा भएको छ ।