एजेन्सी । इजिप्टका गोलकिपर असाम अल हैदरीले विश्वकप फुटबलमा सर्वाधिक उमेरका खेलाडीको नयाँ रेकर्ड कायम गरेका छन् । फ्रेड मोन्ड्रागोनको नाममा रहेको कीर्तिमान भंग गर्दै इजिप्टका ४५ बर्षिया गोलकिपर हैदरीले विश्वकप फुटबलको इतिहासमा नयाँ रेकर्ड कायम गरेका हुन् ।
हैदरीको उमेर ४५ बर्ष १ सय ६१ दिन पुगेको इजिप्ट फुटबल संघले जनाएको छ । रुसी विश्वकपमा समुह चरणको अन्तिम खेलमा इजिप्टले हैदरीलाई मौका दिएको थियो । साउदी अरबविरुद्धको खेलमा मैदान उत्रदै हैदरीले नयाँ रेकर्ड कायम गरेका छन् ।
विश्वकपबाट बाहिरिएका दुवै टोलीले समुह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरेका हुन् । सन् २०१४ मा कोलम्बियाका खेलाडी मोन्ड्रागोनले ४३ बर्षको उमेरमा सबै भन्दा बढी उमेरका खेलाडीको कीर्तिमान कायम गरेका थिए ।