सलहेस फाइनलमा
शनिबार, जेठ २५, २०८२खेलपाटी संवाददाता

सिराह। तेस्रो सहिद हेमनारायण गोल्डकपको उपाधिका लागि सलहेस युथ क्लब र झापाको चत्यासा, दमक भिड्ने भएका छन्।
शनिबार सम्पन्न अन्तिम सेमिफाइनलमा सलहेसले चित्लाङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै झापाको भेट पक्का गरेको हो।
खेलको १८औं मिनेटमा आयोजक टोलीका दीपेश चाल्मिङ राईले गरेको गोल निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच सलहेसका प्रवेश दनुवार घोषित भए।














