नेपालले हङकङलाई रोक्यो
बिहिबार, जेठ २३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली हङकङसँग गोलरहित बराबरी खेलेको छ।
कोनपोस्थित हङकङ नेसनल स्टेडियममा दुवै टोलीले गोल गर्न सकेनन्। नेपाल र हङकङको यो दोस्रो भेट हो। नेपालको पछिल्लो प्रतिस्पर्धा ३७ वर्षअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो।
सन् १९८८ को एएफसी एसियन कप छनोटअन्तर्गत भएको उक्त खेल गोलरहित बराबरीमा सकियो। त्यसयता नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थिएन। यसपल्ट नेपालले एएफसी एसियन कप छनोटको तयारीस्वरूप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको हो।
तर, यो मैत्रीपूर्ण खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।














