आशिषको उत्कृष्ट प्रदर्शनसँगै झापा सेमिफाइनलमा
सोमबार, जेठ २०, २०८२खेलपाटी संवाददाता

सिरहा। आशिष चापागाईँको दुई गोलसँगै चत्यासा झापा हेमनारायण गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिरहा क्याम्पस मैदानमा सोमबार भएको उद्घाटन खेलमा झापाले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गरेको हो।
आशिषले खेलको २४औं र ४२औं मिनेटमा गोल गर्दै झापालाई जित दिलाएका हुन्। उत्कृष्ट प्रदर्शन गरेका झापाका उनी नै ‘म्यान अफ द म्याच’ घोषित भए।
सलहेस युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा ८ टिम सहभागी छन्। विजेता टिमले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ।














