स्कटल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौं। अंक तालिकामा कमजोर बन्दै गएको नेपाललाई आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डले सोमबार २९७ रनको विशाल लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको हो। स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए। ७२ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे।
फिनले म्याकक्रियाथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए। कप्तान रिची बेरिङ्टन ४०, माथ्य्यू क्रस ३९, ब्रान्डन म्याकमुलन १९, माइकल लिस्क १८ र जर्ज मुन्से १२ रनमा आउट हुँदा मार्क वाट १० रनमा अविजित रहे।
नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।
रिजनले सर्वाधिक ७८ रन खर्चिए। उनले १० ओभर बलिङ गरेका हुन्। समान ओभर बलिङ गरेका सोमपालले ६६ रन दिए।
अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ। चार खेल कम खेलेको नेपाल भने स्कटल्यान्डभन्दा चार स्थान तल नै छ। नेपालले १२ खेल सक्काउँदा जम्मा ६ अंक हात पारेको छ।










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

