बायर्नको १६ खेलको जितको शृंखला रोकियो
-1762660030983.webp&w=3840&q=75)
काठमाडौं। बायर्न म्युनिखको लगातार जितको यात्रा अन्ततः रोकिएको छ।
शनिबार बुन्डेसलिगामा भएको खेलमा डच डिफेन्डर डानिल्हो डोक्हीले दुई गोल गर्दै युनियन बर्लिनलाई शक्तिशाली बायर्न म्युनिखसँग २–२ को बराबरीमा रोकिदिए। यस परिणामसँगै बायर्नको सबै प्रतियोगितामा लगातार १६ खेलको जित श्रृंखला रोकिएको छ।
'हामीले यो खेल कठिन हुने थाहा पाएका थियौं,' बायर्नका प्रशिक्षक भिन्सेन्ट कम्पनीले खेलपछि भने,'हामीले आज एक अंक जित्यौं। बराबरीको मतलब दुई अंक गुमाउनु हो, तर ९२औं मिनेटमा गोल गरेर टिमले देखाएको मानसिकता सकारात्मक छ। हामीले लगातार १६ खेल जित्यौं। फेरि यस्तै शृंखला किन दोहोर्याउन नसक्ने?'
खेलमा सुरुआतमै युनियन बर्लिनले उत्कृष्ट प्रदर्शन गर्यो। इलियास आनसाहले आफ्नो २१औं जन्मदिनमा गोल गरेका थिए। तर, भीएआर जाँचपछि अफसाइडका कारण गोल खारेज गरियो। त्यसपछि २७औं मिनेटमा यानिक हाबेररको सर्ट कर्नरबाट डोक्हीले मनुएल नोयरलाई बिट गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
तर, ३८औं मिनेटमा लुइस डियाजले सानदार व्यक्तिगत प्रयासबाट बराबरी गोल गरे। उनले बललाई खेलमै राख्दै दुई डिफेन्डर पार गर्दै असम्भव जस्तो कोणबाट गोल गरे।
दोश्रो हाफमा पनि युनियन बर्लिनले मजबुत रक्षात्मक खेल देखायो र ८३औं मिनेटमा पुनः डोक्हीले गोल गर्दै २–१ को अग्रता दिलाए। उनले ह्यारी केनको हेड क्लियरेन्स रोक्दै बललाई नियन्त्रण गरे र नोयरलाई छकाउँदै गोल गरे।
तर, अन्त्यतिर ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै बायर्नलाई हारबाट जोगाए।








-1762650963668.webp&w=3840&q=75)



-1762650613586.webp&w=3840&q=75)