प्लानिङ र भगवतीले अंक बाँडे
बिहिबार, बैशाख २५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनियनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा यी दुई टोलीले १–१ को बराबरी खेलेका हुन्।
योसँगै प्लानिङले १० खेलबाट २४ अंक पुर्याएको छ। प्लानिङलाई पछ्याइरहेको भगवतीको समान खेलबाट २३ अंक छ।
खेलको आठौं मिनेटमा भगवतीलाई उज्वल राईले सुरुआती अग्रता दिलाए। तर, ५३औं मिनेटमा फागुराम थारुले गोल गर्दै प्लानिङलाई एक अंक दिलाए।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)