झापाले तत्काल रेलिगेसन खतरा टार्यो
बुधबार, बैशाख २४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। झापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तत्कालका लागि रेलिगेसनको खतरा टारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा झापाले बाँसबारी युथ क्लबलाई २–० ले पराजित गरेको हो।
जितसँगै झापा १० खेलबाट १२ अंकसहित आठौं स्थानमा उक्लिएको छ। समान खेल खेलेको बाँसबारी १५ अंकसहित चौथो स्थानमा छ।
झापाको जितमा शेरबहादुर धिमाल र असिमजंग कार्कीले गोल गरे।
खेलको नवौं मिनेटमा झापाले शेरबहादुरको गोलमार्फत सुरूआती अग्रता लिएको थियोे। ९०औं मिनेटमा असिमले अर्को गोल थप्दै जित पक्का गरे।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)