पुल्चोकको जितमा उमेशको ह्याट्रिक

पथरी। उमेश मगरको ह्याट्रिकसँगै पुल्चोक एफसीले दोस्रो पथरी शनिश्चरे खेलकुद महोत्सवअन्तर्गत मंगलबार सम्पन्न फुटबल खेलमा राइजिङ स्टारलाई पराजित गरेको छ। पुल्चोक ४–२ ले विजयी भएको हो।
खेलमा अग्रता भने एच राइजिङ स्टारले लिएको थियो। राइजिङका नितेश राईले तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। पुल्चोकका गोलकिपर कृष धिमालको त्रुटिको फाइदा उठाउँदै उनले सहज गोल गरेका थिए।
तर, खेलमा फर्कँदै पुल्चोकले उत्कृष्ट प्रदर्शन गर्यो। १४औं, २६औं र ५६औं मिनेटमा उमेशले गोल गर्दै ह्याट्रिक पूरा गरे। अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गर्दै उनले टोलीको जित सुनिश्चित गरे।
लेखराज कार्कीले पुल्चोकका लागि थप एक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे। निर्धारित समयपछि इन्जुरी समयमा नितेश राईले दोस्रो गोल गर्दै राइजिङका लागि अन्तर घटाए पनि टिम खेलमा फर्कन सकेन।
पुल्चोकका उमेश म्यान अफ द म्याच घोषित भए।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)