पाल्मरले तीन महिनापछि गरे गोल

काठमाडौं। चेल्सीका प्लेमेकर कोल पाल्मरले आइतबार लिभरपुलविरुद्ध ३–१ को जितमा पेनाल्टीमार्फत गोल गरेका छन्।
झण्डै तीन महिनाको गोलरहित खराब लय तोडेपछि सामाजिक सञ्जालमा आलोचना गर्नेहरुलाई ‘मूर्ख र ट्रोल’ गर्ने भनेर प्रतिक्रिया दिएका छन्।
इङ्ग्ल्यान्डका युवा अन्तर्राष्ट्रिय खेलाडी पाल्मरले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेका हुन्। यो जनवरी १४ यता पहिलो गोल हो। यो १८ खेलपछि आएको उनको पहिलो गोल हो।
‘मैले झण्डै तीन महिना गोल गर्न सकिनँ। तर, यसले मलाई अझ बढी प्रेरणा र संघर्ष गर्ने ऊर्जा दिन्छ,’ खेलपछि उनले भने,‘आजभोलि सामाजिक सञ्जाल मूर्खहरूले भरिएको छ। ट्रोलहरू, नकारात्मक टिप्पणीमा म ध्यान दिँदिन। आज गोल गर्न सकें खुशी छु। तर, यो एक गोल हो। म अझ सुधार गर्दै नयाँ स्तरमा पुग्न चाहन्छु।’
गोल नहुनु आफैंलाई पीडादायक भएको उनले बताए। ‘तपाईंले टोलीलाई साथ दिन नसकेको महसुस हुन्छ। म मानसिक रूपमा बलियो छु। मान्छेहरूले के भन्छन् मलाई खासै फरक पर्दैन। बाल्यकालदेखि नै यस्ता टिप्पणी सुन्दै आएको छु। त्यसैले अब गम्भीरतासाथ लिन्छु भन्ने कुरा छैन,’ उनले भने।
पाल्मरले चेल्सीमा म्यानचेस्टर सिटीबाट आएको पहिलो सिजनमै २२ प्रिमियर लिग गोल गरेका थिए। यो सिटीका एर्लिङ हालान्डपछि दोस्रो उच्च स्कोर हो। अहिले उनले यस सिजन १५ गोल गरिसकेका छन्।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)