हारबाट जोगियो प्लानिङ ब्वाइज
आइतबार, बैशाख २१, २०८२खेलपाटी संवाददाता

काठमाडौं। शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा प्लानिङ ब्वाइजलाई श्री कुमारी क्लबसँग १–१ को बराबरी खेलेको हो। यो नतिजासँगै नौ खेलबाट प्लानिङ ब्वाइजले २३ अंक पुर्याएको छ।
समान खेलबाट १३ अंक भएको कुमारी आठौं स्थानमा छ। कुमारीकाट यमन महर्जनले गोल गरेका थिए। प्लानिङ ब्वाइजका प्रतापसिंह राईले गोल फर्काए।
५९औं मिनेटमा यमनले कुमारीलाई अग्रता दिलाए। तर, ७२औं मिनेटमा प्रतापले प्लानिङ ब्वाइजलाई खेलमा फर्काए र हारबाट जोगाए।
जारी प्रतियोगितामा प्लानिङ ब्वाइजको यो दोस्रो बराबरी हो।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)