गोदावरीको सानदार जितमा अरुणको चार गोल
शनिबार, बैशाख २०, २०८२खेलपाटी संवाददाता

ललितपुर। आयोजक गोदावरी नगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
गोदावरी नगरपालिकाको आयोजनामा वडा नम्बर १० स्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा गोदावरीले महालक्ष्मी नगरपालिकालाई ६–१ ले पराजित गरेको हो। जितसँगै समूह ए बाट गोदावरी नगरपालिकाले तीन अंक बटुलेको छ।
गोदावरीको जितमा खेलको म्यान अफ द म्याच भएका अरुण लामाले चार गोल गरे। उनले पहिलो हाफ र दोस्रो हाफ दुवैमा दुई मिनेटको अन्तरमै २–२ गोल गर्न सफल भएका थिए। अर्को एक गोल पासाङ लामाले गर्दा थप एक गोल सान्त्वना उपहार पायो।
खेलको अन्तिम समयमा आएर महालक्ष्मीले सान्त्वना गोल फर्कायो। रोनेश राउतले एक गोल फर्काए पनि पहिलो संस्करणको इतिहास दोहोर्याउन महालक्ष्मी असफल भयो।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)