काठमाण्डौ । चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको उपाधिका लागि चीर प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमण्ड क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएका सेमिफाइनल शिवम् न्यु डायमण्डले पुलिसलाई ३–१ को सेटमा हराउदा अर्को सेमिफाईनल खेलमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी ३–० को सेटमा स्तब्ध बनायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले आर्मीलाई २५–१२, २५–२२ र २५–१५ को सोझो सेटमा पराजित गदै फाइनल प्रबेश गर्यो । दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिसलाई २५–१७, २५–१८,११–२५ र २५–१५ ले हराउदै एपीएफसग उपाधि भिड्न्त पक्का गर्यो ।
एपीएफ र न्यु डायमण्डबीचको फाइनल खेल शनिबार दिउँसो २ बजेदेखि सुरु हुनेछ । त्यसअघि आर्मी र पुलिसबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
नेपाल भलिबल संघको आयोजना राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख पुरस्कार पाउनेछ । तेस्रो हुनेले ५० हजार र चौथो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउनेछन् भने बिधागततर्फ उत्कृष्ट ६ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।