काठमाडौं। मध्यक्रमका भीम सार्कीले नेपाल ब्ल्युविरुद्ध सानदार शतक प्रहार गरेका छन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा उनले १२६ रन बनाएका हुन्। १०४ बल खेलेका उनले १३ चौका र दुई छक्का प्रहार गरेका थिए।
उनको यो बलियो इनिङ्ससँगै नेपाल रेडले ब्ल्युलाई ३४८ रनको लक्षय दिएको छ।