लिभरपुलमाथि सिटीको प्रभावशाली जित
-1762739898132.webp&w=3840&q=75)
काठमाडौं। म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा लिभरपुलमाथि ३–० को सानदार जित निकालेको छ। यस जितसँगै सिटीले उपाधि दौडमा आफ्नो दाबी पुनः प्रस्तुत गरेको छ।
सिटीले खेलभरि लिभरपुललाई पूर्ण रूपमा दबाबमा राख्यो। एर्लिङ हालान्ड, निको गोन्जालेज र जेरेमी डोकुले गोल गर्दै सिटीलाई सहज जित दिलाए।
हालान्डको १३औं मिनेटको पेनाल्टी रोकिन पुगे पनि २९औं मिनेटमा हेडिङमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा गोन्जालेजको प्रहार भर्जिल भान डाइकमा लागेर गोलमा परिणत भयो। ‘म्यान अफ द म्याच’ घोषित जेरेमी डोकुले ६३औं मिनेटमा सुन्दर कर्ल गोल गर्दै जित पक्का गरे।
पेप ग्वार्डियोलाले यो जितलाई विशेष उपहारको रूपमा लिएका छन्। ‘यो मेरो यहाँको सबैभन्दा ठूलो प्रतिस्पर्धीविरुद्धको उत्कृष्ट उपहार हो,’ उनले भने। ‘अक्टोबर र नोभेम्बरमा उपाधि जितिँदैन। तर, अहिले हाम्रो टोली अगाडि बढ्दै गएको छ र अन्त्यमा हामी उपाधिका लागि लड्नेछौं भन्ने अनुभूति भइरहेको छ।’
यस जितपछि सिटी अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा रहेको आर्सनलभन्दा चार अंकले मात्र पछि।







-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



