काठमाडौं। विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै एपिएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
इन्जुरी समयमा गीता रानाको हेडर गोल नै एपिएफलाई बिजयी बनाउन सफल भयो।आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले पाँच लाख पाँच हजार ५५५ रुपैयाँ प्राप्त गर्यो।
उपविजेता पुलिसले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो।
यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो। फाइनल खेलको प्लेयर अफ द फाइनल एपिएफकी गीता राना घोषित भइन्। उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन्।