काठमाडौं। दोर्जे तामाङको निर्णायक गोलसँगै ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी)माथि कठिन जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा ब्वाइज युनियन १–० ले विजयी भएको हो। योसँगै चौथो स्थानमा उक्लिएको ब्वाइज युनियनले आठ खेलबाट १२ अंक जोडेको छ।
समान खेलबाट पाँच अंक भएको आरसिटी रेलिगेसन जोनमै छ। ब्वाइज युनियनको जितमा दोर्जेले ९०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।