भुटानले यु–२० महिला एसियन कप छनोटका खेल खेलाउने

काठमाडौं। भुटानले एएफसी यु–२० महिला एसियन कप छनोट चरणका खेल खेलाउने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिता यु–२० महिला एसियन कप छनोट चरणका खेल खेलाउन विभिन्न आठ राष्ट्रलाई जिम्मा दिएको छ। त्यसमा भुटान पनि परेको हो।
यो प्रतियोगिता सन् २०२१ सम्म एएफसी यु–१९ महिला एसियन कपको नाममा हुँदै आएको थियो। २०२२ देखि भने एएफसी यु–२० महिला एसियन कपमा गर्न लागिएको हो।
अगस्ट २ देखि १० सम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन्। औपचारिक ‘ड्र’ भने २८ अप्रिलमा मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउस हुनेछ। भुटान ‘पोट’ ३ मा छ।
उक्त ‘पोट’मा हङकङ, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, लाओस, प्यालेस्टाइन र नर्दन मारियाना आयरल्यान्ड पनि छन। यो ‘पोट’ मा रहेका मलेसिया र लाओसले पनि छनोट चरणका खेल खेलाउने छ।
नेपाल भने ‘पोट’ २ मा छ। यस ‘पोट’ मा चाइनिज ताइपेइ, इरान, किर्गिस्तान, लेबनान, भारत, जोर्डन र बंगलादेश छन्।
यस्तै, चीन, भियतनाम, म्यानमार, उज्बेकिस्तान र ताजकिस्तानले पनि छनोट चरणका खेल खेलाउने एएफसीले जनाएको छ। हरेक समूहका विजेता अर्थात आठ टोली र तीन उत्कृष्ट टोलीले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाउने छन्।
सहभागी टोलीलाई पाँच वटा ‘पोट’मा राखिएको छ।






-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)
