बैंग्लुरुको रोमाञ्चक जित

काठमाडौं। जोश हेजलवुडको सानदार बलिङसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा बैंग्लुरु ११ रनले विजयी भएको हो।
जितसँगै तेस्रो स्थानमा उक्लिएको बैंग्लुरुले नौ खेलबाट १२ अंक पुर्याएको छ। समान खेल खेलेको राजस्थान चार अंकसहित आठौं स्थानमा छ।
बैंग्लुरुले दिएको २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले नौ विकेट गुमाउँदै १९४ रन मात्रै बनाउन सक्यो। बैंग्लुरुका ओपनर यशस्वी जैसवालले सर्वाधिक ४९ रन बनाए। १९ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरे।
ध्रुव जुरेल ४७, नीतिश शाह २८, रियान पराग २२ र वैभव सूर्यवंशी १६ रनमा आउट भए। बैंग्लुरुका हेजलवुडलले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए।
त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लुरुले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०५ रन बनाएको थियो।
बैंग्लुरुका विराट कोहलीले सर्वाधिक ७० रन बनाए। ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे।
देवदत्त पडिक्कलले २७ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए। फिल साल्ट २६ र टिम डेभिड २३ रनमा आउट हुँदा जितेश शर्मा २० रनमा अविजित रहे।
राजस्थानका सन्दीप शर्माले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। जोफ्रा आर्चर र वानिन्दु हसरंगाको नाममा समान एक विकेट रह्यो।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



