काठमाडौं। विषेश लामाको निर्णायक गोलसँगै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जितको खडेरी अन्त्य गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सम्पन्न खेलमा सरस्वतीले च्यासल युथ क्लबलाई १–० ले पराजित गरेको हो।
जितसँगै सरस्वतीले आठ खेलबाट ६ अंक पुर्याएको छ। यद्यपि, सरस्वती रेलिगेसन जोनमै छ। च्यासलको भने समान खेलबाट ११ अंक छ।
सरस्वतीलाई जित दिलाउन विषेशले गरेको गोल नै निर्णायक बन्यो।