काठमाडौं। मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ। मुम्बईको यो लगातार चौथो जित हो र अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
यसअघि मुम्बई इन्डियन्सले टस जितेर फिल्डिङ रोजेको थियो। एक समय ३५ रनमा ५ विकेट गुमाएको हैदराबादले हेनरिक क्लासेनको ७१ र अभिनव मनोहरको ४३ रनको मद्दतमा निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।
बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्टले २६ रन खर्चेर चार विकेट लिए। जबाफमा मुम्बईका लागि रोहित शर्माले ४५ बलमा ७० रन को अर्धशतकीय इनिङ्स खेलेका थिए। रोहितलाई विल ज्याक्स र सूर्यकुमार यादवले पनि साथ दिएका थिए। सूर्यकुमारले ४२ रन बनाए।
मुम्बईले नौ खेलबाट पाँच जितसहित १० अंक जोडेको छ। गुजरात टाइटन्स आठ खेलबाट ६ जितसहित शीर्ष स्थानमा छ भने दिल्ली क्यापिटल्स समान खेलमा ६ जितसहित दोस्रो स्थानमा छ।
मुम्बईले यस सिजन लगातार चार खेलमा कोलकातालाई हराएको छ भने त्यसपछि दिल्ली, हैदराबाद, चेन्नई र अहिले हैदराबादलाई हराएको छ। हैदराबादको खराब फर्म भने कायमै छ। टोलीले सिजनको छैटौं हार बेहोरेका छ।
अंक तालिकाको पुछारमा रहेको चेन्नई सुपर किंग्सको चार अंक छ। हैदराबादले राजस्थान र पञ्जाबलाई मात्र हराएको छ।