काठमाडौं। राजस्थान रोयल्सका कप्तान सञ्जु सैमसनले इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध नखेल्ने भएका छन्। राजस्थानले बिहीबार बैंग्लुरुसँग खेल्दैछ।
सञ्जु हाल रिकभरी प्रक्रियाबाट गुज्रिरहेका छन्। पेटको समस्याका कारण सञ्जुले शनिबार जयपुरमा लखनऊ सुपर जायन्ट्सविरुद्धको खेल पनि गुमाएका थिए।
सिजनको सुरुमा औंलाको चोटबाट निको भएका उनले राजस्थानको सुरुआती तीन खेलमा ब्याटिङ प्रभाव पार्ने खेलाडीको रूपमा मात्र खेले। यद्यपि, अप्रिल १६ मा दिल्ली क्यापिटल्सविरुद्धको सिजनको सातौं खेलमा उनको पेटको मांसपेशीमा समास्या देखिएको थियो।
टोलीको कप्तानी रियान परागले सम्हालिरहेका छन्। चार खेलमा कप्तानी गरेका उनले एक चेन्नई सुपर किंग्सविरुद्ध मात्रै जित दिलाएका छन्। राजस्थान हाल चार अंकसहित अंक तालिकामा आठौं स्थानमा छ। प्लेअफ दौडमा कुनै पनि अपसेट बिना रहन चाहने हो भने राजस्थानले आफ्ना बाँकी छ खेल जित्नुपर्नेछ।