काठमाडौं। ब्राजिली लिजेन्ड रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) हेर्न उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।
एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीले उनलाई नेपाल भित्र्याएको हो। उनी यसअघि नै नेपाल आउने कार्यतालिका थियो। तर, आकस्मिक बिरामीका कारण कार्लोस पूर्वनिर्धारित समयभन्दा केही ढिला गरेर नेपाल आइपुगेका हुन्।