प्रिमियर लिगमा लिड्स र बर्नेली बढुवा
मंगलबार, बैशाख ९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। जोएल पिरोएको चार गोलको मद्दतसँगै लिड्स युनाइटेड प्रिमियर लिगमा बढुवा भएको छ।
ड्यानिएल फार्केले प्रशिक्षण गरिरहेको लिड्सले सोमबार स्टोक सिटीलाई ६–० ले पराजित गरेको हो। लिड्ससँगै बर्नेली पनि बढुवा भएको छ।
२०२२/२३ सिजनपछि प्रिमियर लिगबाट झरेको लिड्सले गत सिजन च्याम्पियनसिप प्लेअफ फाइनलमा साउथह्याम्प्टनसँग वेम्ब्लीमा पीडादायी हार बेहोरेको थियो। तीनपटकको इङ्लिस लिग विजेता योर्कशायर क्लब अहिले फेरि बढुवा भएको हो।







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)