काठमाडौं। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले ले सन् २०२४–२५ का लागि वार्षिक अनुबन्ध सूची सार्वजनिक गरेको छ। यसमा श्रेयस अय्यर र इशान किशनलाई समावेश भएका छन्।
यी दुवै खेलाडीलाई गत वर्ष घरेलु खेल नखेलेका कारण अनुशासनको कारबाहीपछि वार्षिक अनुबन्ध सूचीबाट हटाइएको थियो। त्यसयता श्रेयसले भारतका लागि केही एकदिवसीय खेल खेलेका छन् भने किशन अझै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका छैनन्।
टी–२० विश्वकप जितेपछि सन्न्यास लिएका रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा ‘ए प्लस’ अनुबन्धको सूचीमा यथावत छन् भने जसप्रित बुमराह यो सूचीमा चौथो स्थानमा छन्।
बिसिसिआईले १ अक्टोबर २०२४ देखि ३० सेप्टेम्बर २०२५ सम्म कुल ३४ खेलाडीलाई अनुबन्ध गरेको छ। भारतका टी–२० कप्तान सूर्यकुमार यादव र उपकप्तान अक्षर पटेल ‘बी’ श्रेणीमा छन्। सुर्युकमार टि-२० आईमा नियमित छन्, अक्षर नियमित रूपमा सीमित ओभरको क्रिकेटको दुवै ढाँचामा खेल्छन।
‘ए’ र ‘बी’ श्रेणीमा क्रमशः ६ र ५ खेलाडी छन् भने ‘सी’ श्रेणीमा सबैभन्दा बढी १९ खेलाडी छन्।