नेपालगञ्ज। घरेलु टोली बाँके–११ लाई पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघ अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालगञ्ज रंगशालामा आइतबार सम्पन्न खेलमा रौतहट ३–० ले विजयी भएको हो। २८औं मिनेटमा जेनिफर रानामगरको गोलमार्फत रौतहटले सुरुआती अग्रता लिएको थियो। ४६औं मिनेटमा समीक्षा राईले अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन्।
५१औं मिनेटमा पियुली रोयले अर्को गोल थप्दै पाहुना टोलीले सहज जित पक्का गर्यो। सिम्रन राई प्लेयर अफ द म्याच घोषित भइन् ।