काठमाडौं। एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को निर्णायक खेलमा नियमित कप्तान अञ्जन विष्ट र गोलकिपर विशाल श्रेष्ठलाई आराम दिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चितवनले केही बेरपछि इलिमिनेटरमा पोखरा थन्डर्ससँग खेल्दैछ। अञ्जन काठमाडौं रेजर्सविरुद्धकै लिग खेलमा चोटको समस्याका कारण पहिलो हाफको अतिरिक्त समयमा मैदानबाट बाहिरिएका थिए। उनीमाथि विपक्षी खेलाडीले फउल गरेका थिए। उनले धनगढी एफसीविरुद्धको खेल पनि गुमाएका थिए।
यता, विशाल पनि बेन्चमा बसेका छन्। उनलाई अमल नाइट्सले रिप्लेस गरिरहेका छन्। उनले अहिलेसम्म एक खेल पनि खेल्न पाएका छैनन्।