काठमाडौं। पाकिस्तानले यस वर्ष हुने महिला एकदिवसीय विश्वकपमा भारतको यात्रा नगर्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यस वर्ष हाइब्रिड मोडल अपनाइएको छ। यो मोडलअनुसार पाकिस्तानका खेलहरू तटस्थ स्थानमा आयोजना गरिनेछ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नकवीले तटस्थ स्थल आइसिसी र भारतले छनोट गर्नेछन्।
‘भारतले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेलेन र तटस्थ स्थानमा खेल्न अनुमति दिइएको थियो। त्यसैले हामी पनि तटस्थ स्थानमा खेल्नेछौं। जब सम्झौता भइसकेको हुन्छ, त्यसलाई पालना गर्नु महत्त्वपूर्ण हुन्छ,’ उनले भने।
हाइब्रिड मोडल अनुसार २०२७ सम्ममा भारत वा पाकिस्तानमा आयोजना हुने आइसिसीका प्रतियोगितामा भारत र पाकिस्तानले एकअर्काको देशमा खेल्नुको सट्टा तटस्थ स्थानमा खेल्नेछन्। यस वर्ष एकदिवसीय विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म आयोजना हुँदैछ। अस्ट्रेलिया डिफेन्डिङ च्याम्पियन हो।
एकदिवसीय विश्वकप छनोटका पाँचै खेल जित्दै पाकिस्तानले एकदिवसीय विश्वकपमा प्रवेश गरेको छ। यस विश्वकपमा पाकिस्तान र आयोजक भारतबाहेक अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलंकाले भाग लिनेछन्।