बुन्डेसलिगामा केनको ६०औं गोल

काठमाडौं। ह्यारी केनले बुन्डेसलिगा आफ्नो ६०औं गोल पूरा गरेका छन्। बायर्न म्युनिखले शनिबार हाइडेनहाइममाथि ४–० को सानदार जित निकालेको खेलमा उनले यो उपलब्धी हासिल गरेका हुन्। यो नतिजासँगै बायर्न लिग उपाधि होडमा बलियो देखिएको छ।
अब बायर्न म्युनिख दोस्रो स्थानको बायर लेभरकुजेनभन्दा नौ अंकले अगाडि छ। लेभरकुजेनले आइतबार पाउलीसँग खेल्नेछ। लिगमा अब चार खेल बाँकी छन्।
केनले आफ्नो ६०औं खेलको १३औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको लो सटमार्फत बायर्नलाई सुरुआती अग्रता दिलाए। यो गोलसँगै उनी बुन्डेसलिगा इतिहासमै सबैभन्दा छिटो ६० गोल गर्ने खेलाडी बनेका छन्। उनले एर्लिङ हालान्डको ६५ खेलको कीर्तिमान तोडेका हुन्।
अब बायर्न म्युनिख दोस्रो स्थानको बायर लेभरकुजेनभन्दा नौ अंकले अगाडि छ। लेभरकुजेनले आइतबार पाउलीसँग खेल्नेछ। लिगमा अब चार खेल बाँकी छन्।
अघिल्लो पटक हाइडेनहाइममा खेल्दा बायर्नले २–० को अग्रता लिएर पनि ३–२ ले हारको सामना गर्नुपरेको थियो। त्यस पराजयले गत सिजन बायर्नको लिग उपाधि गुमाउने मोडमा ठूलो भूमिका खेलेको थियो। तर, यो पटक बायर्नले सुरुदेखि नै दबाब कायम राख्यो।
केनले गोलको ६ मिनेट पछि नै काउन्टर अट्याकमार्फत कोनराड लाइमरले दोस्रो गोल गरे। किंग्स्ली कोम्यानले ३६औं मिनेटमा तेस्रो गोल थपे। दोस्रो हाफमा जोशुआ किम्मिखले चौथो गोल गर्दै बायर्नको जित सुनिश्चित गरे।







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)