रेफ्रीको खराब निर्णयको सिकार भए मणि

काठमाडौं। ललितपुर सिटी एफसीका मिडफिल्डर मणिकुमार लामा रेफ्रीको खराब निर्णयको सिकार भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढी एफसीविरुद्ध जारी पहिलो क्वालिफायरको खेलमा मणीले १६औं मिनेटमै रातो कार्ड पाएका हुन्।
मणिको खुट्टामा रहेको एअर बललाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छात्तीमा प्रहार गरेका थिए।
त्यसपश्चात् दुवै खेलाडी एकअर्कामाथि लडेका थिए। तर, मोहम्मदले ड्रामा क्रिएट गरे। मणिले लड्दा आफ्नो अनुहारमा खुट्टाले प्रहार गरेको नाटक गरेपछि मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि सिधै रातो कार्ड दिएका हुन्।
लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिए। तर, मोहम्मद मैदानमा लडेर ठूलो नाटक मञ्चन गरेपछि ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले गरेको अपिलमा पनि बिडारीले कुनै चासो देखाएनन्। सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गरेनन्।
बरु मणिलाई नै मैदान बाहिर पठाए। मणिलाई सिधै छात्तीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए। मुख्य रेफ्री बिडारी र फोर्थ अफिसियल दनुवार फिफा ब्याच प्राप्त रेफ्री हुन्।
बिडारीले यही वर्ष फिफा रेफ्रीको ब्याच पाएका हुन्। दनुहार भने धेरै अघिदेखिका फिफा रेफ्री हुन्। यसका बाबजुद पनि धनगढीविरुद्ध ललितपुर १-० को अग्रता लिन सफल भएको छ।
योसँगै यदि ललितपुरले धनगढीसँग जित हासिल गरेर फाइनल खेल्छ भने उनले उक्त खेल गुमाउने छन्।







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)