काठमाडौं। टोटनह्यामले युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ। टोटनह्यामले पनि फ्र्याङ्कफर्टलाई १–० ले हराएको हो। समग्रमा २–१ को जित निकाल्दै टोटनह्यामले सेमिफाइनलमा स्थान पक्का गरेको छ।
टोटनह्यामको जितमा डोमिनिक सोलाङ्केले पहिलो हाफको पेनाल्टीमार्फत निर्णायक गोल गरे। घरेलु लिगमा म्यानचेस्टर युनाइटेडभन्दा एक स्थान तल रहेको टोटनह्यामका लागि युरोपा लिगको सेमिफाइनल सुखद पल हो। क्लबले सन् २००८ पछि कुनै उपाधि जितेको छैन।
‘खेलाडीहरू हाम्रो योजनामा विश्वास गर्छन् र म उनीहरूमा गर्व गर्छु। यो खेल हाम्रो सिजनको लागि निकै महत्त्वपूर्ण थियो,’ प्रशिक्षक एन्ज पोस्टेकोग्लुले भने।
भिएआरको सहयोगमा जेम्स म्याडिसनमाथि फ्र्याङ्कफर्ट गोलकिपर काउआ सान्तोसले गरेको फाउलपछि पेनाल्टी दिइएको थियो।