बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

युनाइटेडको ऐतिहासिक पुनरागमन

शुक्रबार, बैशाख ५, २०८२खेलपाटी संवाददाता
युनाइटेडको ऐतिहासिक पुनरागमन
Classic Tech Internet Ad

काठमाडौं। म्यानचेस्टर युनाइटेडले घरेलु समस्यालाई एकछिन बिर्सँदै फ्रेन्च क्लब लियोनविरुद्ध ५–४ को रोमाञ्चक जित निकाल्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ।

ओल्ड ट्राफोर्डमा भएको नाटकीय खेलमा घरेलु लिगमा संघर्ष गरिरहेको युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा छिट्टै दुई गोल खाँदै  समग्रमा खेलमा ४–२ ले पछि परेको थियो। तर अतिरिक्त समयमा १० खेलाडीमा सीमित लियोनविरुद्ध तीन गोल फर्काउँदै युनाइटेडले ऐतिहासिक पुनरागमन गरेको हो।

ह्यारी म्याग्वायरले अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको निर्णायक गोलले ओल्ड ट्राफोर्डमा खुसीको लहर ल्याएको हो। २० पटकको इङ्लिस च्याम्पियनको यो सिजनमा केही उपलब्धि हुने आशा जीवित रहने आशा कायम भएको छ।

‘हामीसँग यो सिजन विशेष बनाउने अझै समय छ, त्यसैले सकारात्मक सोच राख्नुपर्छ,’ युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले भने। अब युनाइटेडले सेमिफाइनलमा स्पेनिस क्लब एथ्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्नेछ। बिल्बाओले रेन्जर्सलाई २–० ले हराएर अन्तिम चारमा स्थान बनाएको हो।

त्यसैगरी टोटनह्यामले पनि फ्र्याङ्कफर्टलाई १–० ले हराउँदै समग्रमा २–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। युनाइटेड पुनरागमनका लागि चर्चित रहँदै आएको छ। विशेषतः सन् १९९९ को च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखविरुद्धको नाटकीय जितमा टेडी शेरिङ्घम र ओले गुनार सोल्सक्जाएरले अन्तिम क्षणमा गोल गरेका थिए।

तर, यसपल्ट युनाइटेड लिगमा १४औं स्थानमा छ। प्रिमियर लिग युगको इतिहासमै सबैभन्दा कम अंकसहित सिजन समाप्त गर्ने स्थितिमा छ। युरोपा लिग अमोरिमको लागि यस सिजनको अन्तिम आशा हो। साथै यसले अर्को सिजन च्याम्पियन्स लिगको स्थान पनि सुरक्षित गराउनेछ।

म्यानुअल उगार्टे र डिओगो डालोटको गोलले युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाएको थियो। ब्रुनो फर्नान्डेजको प्रहार बारमा लाग्नु र एलेजान्द्र गार्नाचोले अवसर खेर फाल्नुको बाबजुद अग्रता सुरक्षित थियो।

तर, दोस्रो हाफमा करेन्टिन टोलिसो र निकोलस टाग्लियाफिकोले ६ मिनेटमै दुई गोल गर्दै खेल बराबरी गरे। टोलिसो ८९औं मिनेटमा रातो कार्ड खाँदा लियोन १० खेलाडीमा सीमित भयो। तर, अतिरिक्त समयमा रायन चर्ची र एलेक्जान्द्रे लाकाजेटको पेनाल्टीले लियोनलाई ४–२ को अग्रता दिलायो।

केही समर्थकहरू मैदान छोड्न थालेको बेला युनाइटेडले पुनः आश्चर्यजनक पुनरागमन गर्‍यो। ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गरे र त्यसपछि कोबी माइनुले बाकस भित्रबाट गरेको कर्लिङ प्रहारले खेल बराबरी गर्‍यो।

अन्ततः स्ट्राइकरको भूमिकामा खटिएका म्याग्वायरले हेडरमार्फत निर्णायक गोल गर्दै खेलको अन्त्य गरे। ‘कोबी र म्याग्वायरका गोलपछिको स्टेडियमको आवाज सुन्नु मेरो जीवनकै उत्कृष्ट ध्वनि थियो। सबैले जर्सी राख्न चाहन्छन्। म त्यो आवाज राख्न चाहन्छु, त्यो नै संसारको सबैभन्दा राम्रो ध्वनि हो,’ अमोरिमले भने।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

Bajaj Pulsar Motorcycle Ad
एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

 कुन्वरवर्तीको एकतर्फी जित

कुन्वरवर्तीको एकतर्फी जित

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित