मुम्बईलाई मध्यम लक्ष्य
बिहिबार, बैशाख ४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई १६३ रनको मध्यम लक्ष्य दिएको छ।
वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६२ रन बनाएको हो।
हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए। २८ बल खेलेका उनले सात चौका प्रहार गरे।
हेनरिक क्लासन ३७, ट्राभिस हेड २८ र नीतिशकुमार रेड्डी १९ रनमा आउट हुँदा अनिकेत बर्मा १८ रनमा अविजित रहे।
मुम्बईका विल ज्याक्सले सर्वाधिक दुई विकेट लिए। ट्रेन्ट बोल्ड, जसप्रीत बुमराह र हार्दिक पाण्ड्याको नाममा समान एक विकेट रह्यो।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

