काठमाडौं। मुकुन्दकुमार निउरेको निर्णायक गोलसँगै बिग्रेड ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मैदानमा बुधबार सम्पन्न खेलमा बिग्रेडले झापा फुटबल क्लबसँग १–१ को बराबरी खेलेको हो।
जितसँगै दुवै टोलीले समान ६ खेलबाट आठ अंक पुर्याएका छन्। झापाले ४९औं मिनेटमा पुजन राईको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। तर, दोस्रो हाफको अतिरिक्त समयको पाँचौं मिनेटमा निउरेले गोल गर्दै एक अंक खोसे।