काठमाडौं। कप्तान शिव माथुरको अर्धशतकसँगै हङकङले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको हो।
हङकङका शिवले सर्वाधिक ६३ रन बनाए। ११६ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए।
नेपालका युवराज खत्रीले सर्वाधिक चार विकेट लिए। विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिए।