नेपालले टस जित्यो

काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जितको खोजिमा रहेको नेपालले हङकङ पहिला फिल्डिङ गर्ने भएको छ।
तल्लो मूलपानीमा नेपाली टोलीका कप्तान नरेन भट्टले टस जितेर पाहुना टोलीलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्। जारी प्रतियोगितामा अफगानिस्तान र नेपाल मात्रै अपराजित छन्। तर, अफगानिस्तान नेटरनरेटले नेपालभन्दा राम्रो स्थितिमा छ। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले पराजित गरेको थियो।
दोस्रो खेलमा भने ओमानलाई आठ विकेटले हराउँदै चार अंक पुर्याउन सफल भयो। अब नेपालको लक्ष्य लगातार तेस्रो जित निकाल्नेमा हुनेछ। यता, एक खेल खेलेको हङकङ भने जितविहीन छ।
पहिलो खेलमै अफगानिस्तानसँ हङकङले आठ विकेटको हार बेहोरेको थियो। ३६.२ ओभर खेले पनि हङकङले ७० रन कटाउन सकेको थिएन। ७१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दुई विकेट गुमाउँदै १४.२ ओभरमा खेल आफ्नो पक्षमा पारेको थियो।
हङकङ उक्त लज्जास्पद हार बिर्सिएर प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

