काठमाडौं। दक्षिण अफ्रिकाका पूर्वविकेटकिपर मार्क बाउचरले लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुललाई उत्कृष्ट विकेटकिपर ब्याट्सम्यानको संज्ञा दिएका छन्।
हाल मुम्बई इन्डियन्सका प्रशिक्षक रहेका बाउचरले राहुलले यो सिजन आफ्नो किपिङ र ब्याटिङबाट सबैलाई प्रभावित पारेको बताए।
‘म धोनीको कुरा गर्दिन। किनभने हामी भविष्यलाई हेरिरहेका छौं। आफ्नो विकेटकिपिङमा उत्कृष्ट प्रदर्शन गर्ने र ब्याटिङमा पनि तयार देखिएका एक खेलाडी हुन् केएल राहुल। उनले केही उत्कृष्ट इनिङ्स खेलेका छन्,’ उनले भने।
राहुल यो सिजन उत्कृष्ट लयमा छन्। उनले ६ खेलमा दुई अर्धशतकसहित २८१ रन बनाएका छन् भने १४१.९२ को स्ट्राइक रेट बनाएका छन्। उनको कप्तानीमा लखनउले पनि राम्रो प्रदर्शन गरेको छ र टोली अंक तालिकाको शीर्ष चारमा छ। राहुलको विकेटकिपिङ पनि चर्चामा रहेको छ। विशेष गरी उनको गति र सटीकताले धेरै अवसरहरूमा टोलीलाई फाइदा पुर्याएको छ।
पन्त र जुरेलले पनि यो सिजन आफ्नो पहिचान बनाइरहेका छन्। पन्तले दिल्ली क्यापिटल्सका लागि ५ खेलमा १सय ९८ रन बनाएका छन् भने जुरेलले राजस्थान रोयल्सका लागि तल्लो क्रमको विकेटकिपिङ र ब्याटिङबाट प्रभावित गरिरहेका छन्।